फाइनान्स र विकास बैंकको शेयरमूल्यमा उछाल, परिसूचक ८ प्रतिशतभन्दा बढी बढ्यो


मंगलबार दोस्रो बजारमा फाइनान्स तथा विकास बैंकको शेयरमूल्यमा उछाल आएको छ।

यस दिन अधिकांश फाइनान्स तथा विकास बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेको छ। यो समाचार तयार पार्दासम्ममा २३ फाइनान्स तथा विकास बैंकहरुको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। जसमध्ये २१ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ।

फाइनान्स तथा विकास बैंकको शेयरमूल्य बढेसँगै यी उपसमूहहरुको परिसूचक ८ प्रतिशतभन्दा बढी बढेको छ। यस अवधिसम्ममा विकास बैंक उपसमूहको परिसूच्क ८.३८ प्रतिशत बढेको छ भने फाइनान्सको ८.७२ प्रतिशत बढेको छ।



Comments

Popular posts from this blog